मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अध्ययन गरिदिन एडीबीलाई पत्राचार – Thulo Khabar


१८ साउन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको जानकारी दिए ।

‘मेलम्चीको हेडवर्क्स भन्दा माथिबाट लेदोसहितको बाढी आएको छ । यसबारे एडीबीलाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ । के कस्तो जिओलोजी के छ अध्ययन गरेर प्रतिवेदन दिन भनेका छौं’ उनले भने ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज