सत्ता साझेदार दलको कार्यदल बैठक सुरु – Thulo Khabar


१८ साउन, काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो ।

सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने नेताहरुले बताएका छन् ।

कार्यदलमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज