गोपनीयता सम्बन्धमा जूमले आफ्ना सब्सक्राइबरलाई साढे ८ अर्ब डलर जरिबाना तिर्नुपर्ने


गोपनीयता सम्बन्धमा जूमले आफ्ना सब्सक्राइबरलाई साढे ८ अर्ब डलर जरिबाना तिर्नुपर्ने

भिडियो कन्फ्रेन्सिङ एप जूमलाई हालै प्राइभेसीका सम्बन्धमा ठूलो झटका लागेको छ।

कम्पनीले अमेरिकामा रहेका आफ्ना यूजरहरुलाई गोपनीयता भंग गरेको कसूरमा ८ करोड ५० लाख डलर जरिबाना तिर्नुपर्ने भएको हो। यो तथ्य हालै ब्लूमबर्गको एउटा रिपोर्टमार्फत् बाहिर आएको हो।

ह्याकिङ हमला रोक्न असक्षम

अदालतमा दिइएको एउटा उजुरी अनुसार जूम भिडियो कम्युनिकेशन्स इंकलाई आफ्ना यूजरलाई इन्क्रिप्शन सुरक्षा बारेमा भ्रममा राखेको,  फेसबुकलाई अवैध तरिकाले डाटा शेयर गरेको साथै प्राइवेट मीटिंगमा ‘जूमबम्बिङ’ को रूपमा हुने ह्याकिङ हमला रोक्न असक्षम भएको आरोप लगाइएको छ।

सशुल्क सब्सक्राइबरलाई जनही २५ डलर तिर्नुपर्ने

यो उजुरी अदालतमा पुगेकपछि कम्पनीले यसलाई मिलाउनका लागि  आफ्ना सशुल्क सब्सक्राइबरहरुलाई जनही २५ डलर तथा निशुल्क सब्सक्राइबरहरुलाई १५ डलरका दरले जरिबाना तिर्नुपर्नेछ।

यो मिलापत्र क्यालिफोर्नियाका जिल्ला न्यायाधीश जज लुसी कोहले अनुमोदन गरेपछि मात्र आधिकारिक हुन्छ। यसबाहेक कम्पनीलाई यूजरको डाटा प्राइभेसीमा सुधार ल्याउन पनि निर्देशन दिइएको छ।

अमेजले पनि ८८ करोड डलर जरिबाना तिरेको थियो

यसअघि ई-कमर्स कम्पनी अमेजनमाथि लक्जेमबर्गको निकायले ८८ करोड डलर  जरिबाना तिराएको थियो।

कम्पनीमाथि यूरोपियन यूनियन डाटा सुरक्षा नियम तोडेको आरोप लागेको थियो।

लक्जेमबर्ग नेशनल कमिशनले गत जुलाई १६ मा अमेजनमाथि यो जरिबानाको फैसला गरेको थियो।

TK Viber

प्रकाशित: १८ श्रावण २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज