शाओमी एमआई मिक्स ४ एमआईयूआई १२.५ सहित सार्वजनिक हुने कम्पनीद्वारा सुनिश्चित


शाओमी एमआई मिक्स ४ एमआईयूआई १२.५ सहित सार्वजनिक हुने कम्पनीद्वारा सुनिश्चित

शाओमीको एमआई मिक्स ४ एमआईयूआई १२.५ सहित सार्वजनिक हुने पक्का भएको छ।

आगामी अगस्टमा सार्वजनिक हुने भनिएको उक्त स्मार्टफोनमा यस अघि एमआईयूआई १३ रहने चर्चाहरु व्याप्त भएका थिए।

यसपटक भने यसका बारेमा कम्पनी आफैंले प्रेस विज्ञप्ति जारी गरेर प्रस्ट पारेको हो।

वास्तवमा अगस्टमा हुने इभेन्ट उक्त ह्यान्डसेटका लागि मात्र नभएर नयाँ ओएसका लागि पनि हुने आकलन गरिएङ्काले यसअघि एमआईयूआई १३ को चर्चा चलेको बुझ्न सकिन्छ।

तर शाओमीको प्रेस विज्ञप्तिमा जनसम्पर्क अधिकारी वाङ ह्वाले ती सबै अफवाह र दावीहरुलाई चिर्दै डेभलपरहरु अझै यूजर अनुभव राम्रो बनाउन यसमा लागिपरिरहेका र यसको मुख्य लक्ष्य एमआईयूआई पनि हुने बताए।

तर शाओमीलाई आगामी एमआईयूआई १३ घोषणाका लागि अझै केही समय लाग्ने प्रस्ट छ भने त्यस अघि नै आउने एमआई मिक्स ४ मा भने एमआईयूआई १२.५ नै रहने आधिकारिक रुपमा पक्का भएको छ।

यो जानकारी वेबोमा डिजिटल च्याट स्टेशनले शाओमीका एमआई मिक्स ४ सहित सबै आउँदै गरेका फोनहरुमा एमआईयूआई १२.५ रहने भनी राखेको रिपोर्टबाट लिइएको बताइएको छ।

TK Viber

प्रकाशित: १७ श्रावण २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज