विमलेन्द्र, प्रकाशमान र सशांकबीच भेटवार्ता – Thulo Khabar


१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज