क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन


क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका हुन्।

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले जोड दिए ।

सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिए।

स्वास्थ्य मन्त्रालय र सीसीएमसी बसेर एउटा मोडालिटीमा लगेर छिटोभन्दा छिटो कार्यान्वयन गर्ने उनले स्पष्ट पारे।

यसअघि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी थालेको थियो। खोप कार्ड प्रमाणीकरण गर्न लामो लाइन लाग्न थालेपछि विभागले अनलाइनबाटै प्रमाणीकरण गर्ने तयारी थालेको जानकारी दिएको थियो ।

विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।

TK Viber

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज