यूएइमा भारतीय प्रवासी लक्षित न्युज पोर्टल सञ्चालन


आबु धाबी । भारतीय विदेश मामिला मन्त्रालयद्धारा संयुक्त अरब इमिरेट्स ९यूएइ० स्थित न्युज पोर्टल सञ्चालनमा ल्याईएको छ ।
भारतीय विदेश मामिला मन्त्रालयले यूएइ स्थित भारतीय प्रवासीहरुलाई लक्षित ग्लोबल प्रवासी रिश्ता पोर्टल सञ्चालनमा ल्याएको छ । यूएइ स्थित २४ लाख प्रवासी, भारत सरकार साथै विश्वभरी रहेका तीन करोड भारतीय प्रवासीलाई जोड्ने उदेश्यका साथ न्युज पोर्टल सञ्चालन गरिएको यूएइ स्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ ।

वाणिज्य दूतावासले न्युज पोर्टलमा रजिष्ट्रर गर्न यूएइ स्थित सबै प्रवासीहरुमा आग्रह गरेको छ । उक्त पोर्टलमा भिसा, पासपोर्ट, कन्सुलर सेवा, संकटको समयमा भारतीयहरुलाई सहायता प्रदान गर्ने लगायतका जानकारी समेटिने बताईएको छ । पोर्टलले भारतीय प्रवासीहरुलाई आकस्मिक अबस्थामा वाणिज्य दूतावासका अधिकारी र सेवा सँग जोड्न सहयोग गर्ने बताईएको छ । स्रोतः खालीज टाईम्स

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज