गुगलले प्ले स्टोरमा सुगर-ड्याडी एपहरुमाथि प्रतिबन्ध लगाउने


गुगलले प्ले स्टोरमा सुगर-ड्याडी एपहरुमाथि प्रतिबन्ध लगाउने

गुगल प्लेले ‘सुगर डेटिङ’ वा ‘क्षतिपूर्तिसहितको याैन सम्बन्ध’ सम्बन्धी एपहरुको प्रवर्द्धन रोक्न आफ्नो अवाञ्छित सामग्री नीतिमा परिवर्तन गर्ने भएको छ।

आगामी सेप्टेम्बर १ देखि एप स्टोरले सुगर ड्याडी सेवालाई सहजीकरण गर्न निषेध गर्ने बताइएको छ। यस्ता एपहरुमार्फत् प्राय बढी उमेरका पुरुषहरुले कम उमेरका युवतीहरुसँग रकम वा उपहार दिएर सम्बन्ध राख्ने गरेको गुगलको बुझाइ छ।

आलोचकहरु भने यस्ता सम्बन्ध वेश्यावृत्तिभन्दा अलि फरक हुने र सबै यसामर्फत् हुने सबै सम्बन्धमा याैन अनिवार्य नहुने धारणा राख्छन्।

आउँदो वर्ष अप्रिलदेखि गुगलले आफ्ना डेभलपरहरुलाई एपले संकलन, प्रयोग तथा शेयर गर्ने व्यक्तिगत तथा संवेदनशील यूजर डाटाका बारेमा सही जानकारी दिन अनिवार्य गराउने भएको छ।

पत्रकारहरुले प्ले स्टोरमा थुप्रै एपहरु रहेको जसले प्रत्यक्ष वा परोक्षरुपमा सुगर डेटिङलाई बढावा दिने गरेको पाएका र तीमध्ये कुनै एप हज्जाराैं डाउनलोड भएका बताएका छन्।

रिपोर्ट हरुका अनुसार गुगलको निर्णय अमेरिकाको कानून अनुसार परिवर्तन भएको हुन सक्ने आकलन गरेका छन्। उक्त कानून अनुसार कुनै पनि सामाजिक सञ्जालमा आएका वेश्यावृत्तिलाई बढावा दिने सामग्रीको जिम्मा सञ्जालले नै लिनुपर्ने छ।

सन् २०१८ मा लागू भएको यो कानून आएपछि थुप्रै प्लेटफर्महरुले याैन धन्दासम्बन्धी नियममा कडाइ गरेको पाइएको छ।

बीबीसीबाट

TK Viber

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज