जस्मीन पेन्ट्स उत्पादन गर्ने मनकामना ग्रुपले सुरु गर्‍यो ‘दरबार फूड्स’, मेहक मसाला उत्पादन सुरु


चितवन, साउन १५–

देशकै अग्रणी पेन्ट्सको रुपमा परिचित जस्मीन पेन्ट्स उत्पादन गर्ने संस्था हो मनाकामना ग्रुप । यस ग्रुप अन्तरगत जस्मीन पेन्ट्स मात्र होइन निर्माणजन्य अन्य सामग्रीहरु पनि उत्पादन हुँदै आइरहेको छ । अब यस ग्रुप निर्माणजन्य सामग्रीमा मात्रै सिमित छैन फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)मा समेत अघि बढेको छ ।

चितवनमा रहेको मनकामना ग्रुपले पछिल्लो समय दरबार फूड्स उद्योग स्थापना गरेको हो । भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरस्थित ९ कठ्ठा जमिनमा उद्योग स्थापना गरिएको हो । यस उद्योग स्थापना गर्दा २२ करोड लगानी भएको मनकामना ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस उद्योगबाट हाल ‘महेक’ नामको मसाला उत्पादन सुरु भएको छ । अहिले ‘मम मसाला’, ‘मिट मसाला’, ‘मिक्स मसाला पाउडर’लगायतका १८ किसिमिका मसाला उत्पादन भइरहेको अध्यक्ष अर्यालले बताए । ‘अहिले दैनिक प्रयोगमा आउने मसाला उत्पादन गरिरहेका छौं’ अर्यालले नारायणी अनलाइनसंग भने ‘दालमोठ, भुजिया र नमकिन उत्पादन गर्ने तयारी गरिरहेका छौँ ।’

अध्यक्ष अर्यालले आफूहरुको लक्ष्य नै गुणस्तरीय वस्तु उत्पादन गर्ने रहेको बताए । उनले भने–‘हामी गुणस्तरमा कुनै कम्प्रमाइज गर्दैनौं, नेपालका राम्रा उद्योगमा काम गरिसकेका अनुभवी र दक्ष कामदार ल्याएर उत्पादन गरिरहेका छौं ।’

अहिले मसलाले बजार लिन थाली सकेको छ । बजार प्रतिस्पर्धात्मक भए पनि मेहकले ग्राहकको मन जित्नेमा कम्पनी आशाबादी रहेको छ । मनकामना ग्रुपबाट हाल जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट लगायतका आधा दर्जन निर्माणसँग सम्बन्धित उद्योगहरु रहेका छन् ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज