विश्वव्यापी चिप अभावका बीच सर्फेस र विन्डोजको कमाइमा भारी गिरावट


विश्वव्यापी चिप अभावका बीच सर्फेस र विन्डोजको कमाइमा भारी गिरावट

माइक्रोसफ्टले सन् आर्थिक वर्ष २०२१ चोथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार उक्त अवधिमा कम्पनीले  ४६ अर्ब २० करोड डलर समग्र तथा १६ अर्ब ५० करोड डलर खुद आम्दानी गरेको छ।

यो अवधिमा समग्र आम्दानी २१ प्रतिशतले बढेको छ भने खुद आम्दानी ४७ प्रतिशतले वृद्धि भएको छ। यस्तै क्लाउड तथा अफिस सेवामार्फत् कम्पनीको आम्दानीमा राहत पुगे पनि विश्वव्यापी चिप अभावले सबै क्षेत्रमा नकारात्मक असर पारेको प्रस्ट भएको छ।

यसै वर्षको शुरुवातमा पर्सनल कम्प्युटरको बिक्री पछिल्लो १० वर्षकै सर्वाधिक भएको पनि विश्वव्वापी चिप अभावका कारण ल्यापटप र पर्सनल कम्प्युटरको बिक्रीमा फेरि मन्दी आउने देखिएको छ।

यस अवधिमा विन्डोजको कमाइ ३ प्रतिशतले घटेको थियो जसको मुख्य कारण आपूर्ति श्रृङ्खलामा आएको गडबडी रहेको कम्पनीको बुझाइ थियो। विन्डोजको गैर प्रोफेशनल ओईएममार्फत् हुने कमाइ ४ प्रतिशतले तथा विन्डोज प्रोफेशनलको कमाइ पनि २ प्रतिशतले ओरालो लागेको थियो।

यसबीचमा विन्डोज व्यापारिक उत्पादन तथा क्लाउड सर्भिसको आम्दानी भने २० प्रतिशतले बढेको थियो।

माइक्रोसफ्टले हाल विन्डोज ११ को उपलब्धताका साथमा पर्सनल कम्प्युटर बजार उकास्न खोजिरहेको छ।

यो चाैथो आर्थिक त्रैमासमा सर्फेस ल्यापटप ४ र सर्फेस प्रो ७ प्लसको बिक्रीले माइक्रोसफ्टका लागि सर्फेसमार्फत् आउने समग्र आम्दानीमा प्रभाव पारेको तथ्याङ्कमा उल्लेख छ।

सर्फेसको समग्र आम्दानी भने २० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सर्फेस डिभाइसको बिक्री उल्लेख्य मात्रामा भएकोमा आपूर्ति श्रृङ्खलामा आएको समस्याले यो त्रैमासमा यसको बिक्री र आम्दानीमा गिरावट आएको कम्पनीको प्रतिवेदनले देखाएको छ।

TK Viber

प्रकाशित: १३ श्रावण २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज