सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक, माधव पक्ष पनि सहभागी


काठमाडौं, साउन १३ –

आज सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी रहेको छ । एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक जारी गरिएको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपस्थित रहेका छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बैठकमा सहभागी छन् ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । नेपाल समूहबाट डा.विजय पौडेल बैठकमा सहभागी रहेको छ । तर एमाले सरकारमा जाने अथवा नजाने भन्ने विषयमा अझै निधो हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज