ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु – Thulo Khabar


१३ साउन, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२-०३-०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेका थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज