चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट एपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात


चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट एपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएइको छ ।

चिरायु राष्ट्रिय अस्पताल नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन एपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन एपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ। बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ। अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ ।

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट एपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो रहेको जनाएको छ।

TK Viber

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज