आफ्नै कर्मचारीले धोका दिएपछि नराम्रोसँग फसे राज !


अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा विरुद्ध उनकै कम्पनीमा काम गर्ने कर्मचारीले बयान दिने भएका छन्।

अश्लील फिल्म बनाएर विभिन्न एप सार्वजनिक गरेको आरोपमा राजलाई गत मंगलबार मुम्बई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो।

प्रहरी छानबिनमा खुलेर कुरा नगरेपछि उनको ‘वियान’ कम्पनीमा काम गर्ने चार कर्मचारी साक्षी हुन तयार भएको पिंकभिल्लाले लेखेको छ। राजले अश्लील भिडियो बनाएर बेच्दै आर्थिक फाइदा उठाउँदै आएको मुम्बई प्रहरीले जनाएको छ।

सीबीआई स्रोतका अनुसार प्रहरी अनुसन्धानमा राज आफ्ना यी कामबारे बोल्न चाहिरहेका छैनन्। त्यसैले उनको कम्पनीमा काम गर्ने कर्मचारीलाई केही जानकारी हुन सक्ने अनुमान गरिएको छ।

अवैध रुपमा पैसा कमाएको र विदेशी विनिमय नियमहरु उल्लंघन गरेको आरोपमा उनीमाथि अर्को मुद्दा पनि लाग्ने बलिउड हंगाामाले उल्लेख गरेको छ।

राज कुन्द्रासँगै अन्य दश व्यक्ति पनि अश्लील भिडियो बनाउने काममा संलग्न रहेको पत्ता लागेको छ। उनी जुलाई २७ सम्म प्रहरीको हिरासतमा हुनेछन्।

यसैगरी भारतीय अधिकारीहरुले यो कार्यमा अभिनेत्री शिल्पा सेट्टीको भूमिका छ वा छैन भन्नेसमेत अनुसन्धान गरिरहेका छन्।

शुक्रबार उनलाई प्रहरीले ६ घण्टासम्म सोधपुछ गरेको थियो, जसमा उनले यसबारे केही जानकारी नभएको र आफ्ना श्रीमान राज कुन्द्रा निर्दोष रहेको बताएकी छन्।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज