दूरसञ्चार सेवाहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा भए नभएको अध्ययन गरिने


दूरसञ्चार सेवाहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा भए नभएको अध्ययन गरिने

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभरका दूरसञ्चार तथा सूचना प्रविधि सेवालाई अपाङ्गतामैत्री बनाउने भएको छ । प्राधिकरणले चालु आव २०७८/७९ को बजेटमा अपाङ्गतामैत्री सेवाहरु भए नभएको अध्ययन गरेर त्यसमा काम अगाडि बढाउने भएको छ ।

प्राधिकरणको बजेट योजनाअनुसार चालु आवमा अपांगता भएका व्यक्तिहरुको पहुँचमा दूरसञ्चार तथा सूचना प्रविधि सेवा भए नभएको अध्ययन गरेर त्यसलाई आवश्यकताअनुसार परिवर्तन गर्न रकम बिनियोजन गरेको छ ।

जसअनुसार परामर्शदातामार्फत आवश्यकताको विश्लेषण गरिनेछ भने सो प्रतिवेदनको आधारमा आवश्यकताहरु पहिचान गरेर अपांगता भएका व्यक्तिहरुलाई सूचना प्रविधि प्रदान गर्ने कार्य गरिहेका संस्थाहरुलाई सहयोग गर्ने भएको छ ।

यसको लागि प्राधिकरणले चालु आवमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

यसले अपांगता भएका व्यक्तिहरु र विशेष आवश्यकता पहिचान भई आधारभूत आवश्यकताको रुपमा सूचना प्रबिधिको पहुँच पुर्याउन सकिने प्राधिकरणको लक्ष्य रहेको छ ।

TK Viber

प्रकाशित: ११ श्रावण २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज