ओखलढुंगामा पहिरोले आठ घर विस्थापित – Thulo Khabar


१० साउन, ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् ।

गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ ।

विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।

भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिरोका कारण बस्न नमिल्ने भएपछि स्थानीयवासीमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताए । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरु जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज