सामसङको ६५ वाट फास्ट चार्जरले पायो अर्को सर्टिफिकेशन


सामसङको ६५ वाट फास्ट चार्जरले पायो अर्को सर्टिफिकेशन

सामसङको आउँदै गरेको ६५वाट चार्जरले थप एउटा सर्टिफिकेशन प्राप्त गरेको छ। सन् २०२० मा पहिलो सर्टिफिकेशन लिएको चारजरले यसै वर्षको फेब्रुअरीमा अर्को सर्टिफिकेशन पाएको थियो।

चार्जरले अहिलेको सर्टिफिकेशन भने डेनमार्कको डेम्को अर्थात् डेनमार्क इलेक्ट्रोनिक कन्ट्रोलबाट प्राप्त गरेको हो।

यो चार्जर सामान्य ईपी-टीए८६५ जस्तै रहने र यसका स्पेसिफिकेशन पनि यही चार्जरको जस्तै हुने स्रोतले सूचीबद्ध गरेको जानकारीमा उल्लेख छ।

यसले पनि यूएसबी पावर डेलिभरी प्रयोग गर्ने र पीपीएस स्पेसिफिकेशन बाहेक यसले ६५ वाट, २० भोल्ट र ३.२५ एम्पियरको पावर आउटपुट दिनेछ।

यसबाहेक यसले आवश्यकता अनुसार ५, ९ वा १५ भोल्टको आउटपुट पनि दिन सक्छ जसका कारण केही ल्यापटपसहित अन्य डिभाइसका लागि पनि प्रयोगमा ल्याउन सकिन्छ।

पछिल्लो जानकारी अनुसार सामसङले यसलाई ग्यालेक्सी एस२२ लाइनअपमा परीक्षण गरिरहेको र सन् २०२२ को शुरुवाततिर बजारमा आउने अपेक्षा गर्न सकिन्छ।

यसबाहेक ग्यालेक्सी जेड फोल्ड३ कम पनि अपेक्षा गर्न सक्छ। जेड फ्लिप३ मा भने १५ वाट पक्का भइसकेको छ।

TK Viber

प्रकाशित: १० श्रावण २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज