एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने


एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

अब लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएको छ।

एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हो। सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले हस्ताक्षर गरेका छन् ।

बीमितहरुले बीमाशुल्क तिर्दा सबैभन्दा पहिला एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो पोलिसी नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ।

सो प्रकृया पुरा गरिसकेपछि बीमितिले इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार इसेवामार्फत आफ्नो खाता लिंक गरि सजिलै बिना झन्झट, जुनसुकै समयमा रकम तिर्न मिल्दा ग्राहकको समय बचत हुने तथा कारोबारसमेत थप सुरक्षित हुने बताईएको छ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज