राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच २ घण्टा बढी भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्रीवाट हटेपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेका छन् । शुक्रवार विहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । उनीहरुबीच २ घण्टा लामो भेटवार्ता भएको भएपनि के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । राष्ट्रपति भण्डारी र ओलीको मिलेमतोमा असंवैधानिक कदम चालिएको आशंका गरिएको अवस्थामा फेरी अध्यक्ष ओलीले राष्ट्रपतिलाई भेट गर्ने कुरालाई चासोका साथ हेरिएको हो ।

प्रधानमन्त्रीका हैसियतमा राष्ट्रपतिसंगको मिलेमतोमा ओलीले असंवैधानिक कदम चालिएको आशंका गरिएको हो । किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेपतोमा अझै केही अंवैधानिक कार्य हुनसक्ने आँकलनका साथ भेटलाई चासोका साथ हेरिएको हो ।

उहाँहरुबीच शुक्रबार बिहान पौने १२ देखि झण्डै २ बजेसम्म भेटवार्ता भएको बताइएको छ । स्रोतका अनुसारराष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतलनिवास पुगेका थिए । ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक, पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज