गुगलद्वारा वेयरओएस ३ उपलब्ध हुने मिति र स्मार्ट डिभाइसहरुको सूची सार्वजनिक


गुगलद्वारा वेयरओएस ३ उपलब्ध हुने मिति र स्मार्ट डिभाइसहरुको सूची सार्वजनिक

आगामी अगस्ट ११ मा सामसङले गुगलसँगको साझेदारीमा तयार पारिएको वेयर प्लेटफर्मयुक्त दुई ओटा स्मार्टवाच सार्वजनिक गर्ने भएको छ।

यसैबीच हालै गुगलले उक्त प्लेटफर्मको नाम वेयर ओएस३ भएको खुलासा गरेको छ। यसअघि आफ्नो आई/ओ डेभलपर कन्फ्रेन्समा गुगलले यो नयाँ अपरेटिङ प्लेटफर्मको नाम वेयर नै हुने संकेत गरेको थियो।

यस्तै कम्पनीले यो प्लेटफर्म वेयर ओएस३ अपडेट पाउने डिभाइसहरुको सूची पनि जारी गरेको छ जसमा टिकवाच प्रो ३ जीपीएस, टिकवाच प्रो ३ सेलुलर/एलटीई, टिकवाच ई३ र मोबभोइ रहेका छन्।

यस्तै मोबभोइका अन्य आउँदै गरेका वेयरेबल डिभाइसमा पनि शुरुबाटै वा अपडेट हुने गरी यो प्लेटफर्म उपलब्ध हुने बताइएको छ।

यसबाहेक फोसिल ग्रुपको यसै वर्ष सार्वजनिक हुने नयाँ जेनेरशनको डिभाइसमा पनि अपडेट पछि पाइने गरी यो प्लेटफर्म उपलब्ध गराइनेछ।

कम्पनीले जारी गरेको तत्कालको सूचीमा अटेका वेयरेबल डिभाइसहरु यिनै हुन्। यसको अपडेटका लागि फ्याक्ट्री रिसेट गर्नुपर्ने भएकाले लागि यूजरलाई नोटिफिकेश अप्शन दिइने बुझिएको छ।

यो अपडेट सन् २०२२ को मध्यतिर शुरु हुने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज