सामसङ ग्यालेक्सी एफ४२ फाइभजीको विवरण लीक, यस्तो हुनेछ विशेषता


सामसङ ग्यालेक्सी एफ४२ फाइभजीको विवरण लीक, यस्तो हुनेछ विशेषता

सामसङले ग्यालेक्सी ए४२ फाइभजी स्मार्टफोनको केही विवरण गीकबेन्चमार्फत् बाहिरिएको छ।

कम्पनीले गत मे मा यो डिभाइसका लागि वाइ फाई सर्टिफिकेशन पाएको थियो भने गत महिना मात्रै ब्लूटूथ सर्टिफिकेशन पाएको थियो।

अहिले भने गीकबेन्चले यो डिभाइका केही फिचरहरुका बारेमा आधिकारिक खुलासा गरेको हो।

विवरण अनुसार यसको मोडल नम्बर एसएम-ज्ञ४२६बी रहने र यसमा मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट दिइएको हुनेछ।

यसबाहेक एन्ड्रोइड ११ सहित आउने यो डिभाइसमा ६ जीबी र्याम रहने र यो भन्दा बढी र्याम अप्शन पनि आउनसक्ने बताइएको छ।

गीकबेन्चले अरु स्पेसिफिकेशनका बारेमा खुलासा नगरे पनि यसको ब्लूटूथ सर्टिफिकेशनबाट यो डिभाइस ग्यालेक्सी ए२२ को रिब्रान्डेड भर्सन हुनसक्ने आकलन गरिएको छ।

यसो हुँदा यसमा ६.६ इन्चको फुल एचडी+ डिस्प्ले ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहने अड्कल गर्न सकिन्छ।

यसलाई पावर दिन १५ वाट फास्ट चार्जरसहितको ५००० एमएएच क्षमताको ब्याट्री रहने पनि आकलन गरिएको छ।

TK Viber

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज