राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता – Thulo Khabar


८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरेका छन् ।

यसअघि विप्लवले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज