टेस्लाले फेरि बिटक्वाइनमा भुक्तानी लिन सक्ने मस्कको संकेत


टेस्लाले फेरि बिटक्वाइनमा भुक्तानी लिन सक्ने मस्कको संकेत

अघिल्लो वर्ष टेस्लाले विद्युतीय कार किन्दा ग्राहकले बिटक्वाइनमार्फत् भुक्तानी गर्न सक्ने विकल्प शुरु गरेको थियो।

अहिले टेस्लाका सीईओ इलन मस्कले टेस्लाका विद्युतीय कार किन्दा फेरि बिटक्वाइनमार्फत् भुक्तानी लिन सकिने संकेत गरेका छन्।

हालै क्रिप्टो काउन्सिल फर इनोभेशनले आयोजना गरेको बी-वर्ड कन्फ्रेन्समा मस्कले भने, ‘बिटक्वाइन माइनिङ नवीकरणीय उर्जातर्फ फर्किन लागेको संकेत देखिएको र विशेष गरी चीनमा केही ठूला कोइला खानी बन्द गरिएको छ।’

उनले उक्त क्षेत्रमा ५० प्रतिशत वा त्योभन्दा बढी मात्रामा नवीकरणीय उर्जाको प्रयोग होस् भन्ने हिसाबले केही समय कुरेको पनि थपे। यदि यो प्रवृत्ति सोचेजस्तै भएमा टेस्लाले फेरि बिटक्वाइनमा भुक्तानी लिन सक्ने बताए।

गत मे मा कम्पनीले बिटक्वाइनमार्फत् भुक्तानी लिन रोकेको थियो भने बिटक्वाइन माइनिङ गर्ने प्रक्रियामा अत्यधिक रुपमा नवीकरणीय उर्जाको प्रयोग भएमा पुन: बिटक्वाइन स्विकार गर्ने विज्ञप्ति जारी गरेको थियो।

यसबाहेक कम्पनीले बिटक्वाइनको भन्दा १ प्रतिशत कम उर्जा खपत गर्ने अन्य क्रिप्टोकरेन्सीतिर पनि विकल्प खोजिरहेका थियो।

TK Viber

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज