सन्दीप लामिछानेलाई पर्यो यति ठूलो समस्या – Thulo Khabar


काठमाडौ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई ठूलो समस्या भएको छ । उनले अन्तराष्ट्रिय प्रतियोगिता गुमाउने खतरा बढेको छ । भिसामा समस्या भएका कारण उनले ठूलो अवसर गुमाउने खतरा बढेको हो । पहिलोपटक आयोजना हुन लागेको‘द हन्ड्रड’ क्रिकेट प्रतियोगितामा सहभागी हुन नपाउने सम्भावना बढेको हो ।

लेग स्पिनर सन्दीपले प्रतियोगिताको सुरुवाती खेल गुमाउने पक्का भइसकेको अवस्थामा पुरै खेल नै गुमाउन सक्ने क्रिकेटसम्वन्धी वेब साइट इएसपिएन क्रिकइन्फोले जनाएको छ । उनको भिसा समस्या भएकाले जान पाएका छैनन् । उनले टिएर ५ भिसा पाए पनि खेलका लागि अनुमति नपाएका कारण अवसर गुम्ने भएको हो ।

बिहीबारबाट सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुवन्ध भएका छन् । उनलाई क्लबले ६० हजार पाउन्डमा टिममा भित्र्याएको हो । ओभलका कप्तान साम विलिङ्सले सन्दीपले खेल्ने वा नखेल्ने केही टुंगो नलागेको बताएका छन् । क्लबले भने कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड पुगेका थिए । उनले बेलायत सरकारको नियम अनुसार १० दिनको क्वारेन्टाइन बसाइ पनि पूरा गरिसकेका छन् । क्रिकइन्फोका अनुसार यदि सन्दीपले खेल्न नपाएको अवस्थामा ओभलले उनको स्थानमा दक्षिण अफ्रिकाका बलर तावरेज शाम्सीलाई भित्र्याउने तयारी गरेको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज