सोनी एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने


सोनी एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने

सोनीको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने भएको छ।

हालै सोनी नेदरल्यान्ड्सल एक्सपेरिया वन३ मा जम्मा एउटा मुख्य एन्ड्रोइड अपडेट तथा दुई वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध हुने पुष्टि गरेको हो।

तर यो जानकारीलाई लिएर उपभोक्ताहरुमा अन्योल भने छाएको छ। सोनीको फ्ल्यागशिप फोनमा एउटा मात्र एन्ड्रोइड अपडेट र २ वर्षसम्ममात्र सेक्युरिटी अफडेट आउने सूचना या त सोनी नेदरल्यान्ड्सका अधिकारीलाई गलत रुपमा दिइएको वा सही हो भने यो ज्यादै नै हास्यास्पद हुने उनीहरुको भनाइ छ।

हालै सामसङ, वनप्लुस तथा ओपोजस्ता केही स्मार्टफोन निर्माता कम्पनीले सफ्टवयर तथा सेक्युरिटी प्याच अपडेटको समयावधि बढाइरहँदा गुगलले समेत आफ्ना पिक्सेल ६ भन्दा माथिको डिभाइसमा सफ्टवयर तथा सेक्युरिटी प्याच अपडेटको समयावधि बढाउने बुझिएको छ।

यस्तोमा सोनीले भने बिल्कुलै फरक बाटो समाउनु अनोठो भएको र कम्पनीले छिट्टै यसलाई सच्याउने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: ३ श्रावण २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज