‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल – Thulo Khabar


काठमाडौं – चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना भएकी छिन् ।

उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । ‘मेरी बास्सै’ बाट चम्सुरी नामले चिनिएकी डंगोल केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् ।

उनको अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएको थाहाँ भएपछि सबै कलकारले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अस्पतालको बेडमा रहेकी चम्सुरीलाई भेट गर्न शनिवार कलाकार दीपाश्री निरौला पुगेकी थिइन् । भेटपछि कलाकार निरौलाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी छिन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज