विप्लव र माधवकुमार नेपालबीच भेटवार्ता


काठमाडौं,असार ३१-

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

महासचिव विप्लवले बुधबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज