ह्वावे मेटबुक डी१५ को इन्टेल चिप भर्सन बेलायतमा सार्वजनिक, के के छन् विशेषता?


ह्वावे मेटबुक डी१५ को इन्टेल चिप भर्सन बेलायतमा सार्वजनिक, के के छन् विशेषता?

गत मे महिनामा घोषणा गरेको ह्वावेले यसको इन्टेल चिपसेट भर्सन हालै बेलयतमा सार्वजनिक गरेको छ।

नयाँ मेटबुक डी १५ मा ११औं जेनेरेशन इन्टेल कोर आई५-११३५जी७ चिपसेट राखिएको छ। योभन्दा अगाडिका ग्लोबर भर्सनमा रेजेन५ ५५००यू वा रेजेन ७ ५७००यू चिपसेटहरु राखिएका थिए।

यो डिभाइसमा समा १५.६ इन्चको १६:९ आस्पेक्ट रेशियोसहितको १९२०x१०८० पिकसेल रेजोल्युशनयुक्त आईपीएस एलसीडी डिस्प्ले दिइएको छ।

यो अल्ट्राबुकमा ८ र १६ जीबी डीडीआर४ डुअल च्यानल र्याम तथा २५६ र ५१२ जीबीको एनभीमी पीसीएलई एसएसडी स्टोरेज अप्शन उलब्ध गराइएको छ।

साथै यसको जीपीयू इन्टेलको आइरिस एक्सई रहेको छ। यसको बडी आल्मुनियमको छ भने कुल तोल १.५६ केजी छ।

इनपुट आउटपुटका हिसाबले यसमा दुई ओटा यूएसबी २.० पोर्ट, एउटा यूएसबी ३.२ पोर्ट, एउटा यूएसबी-सी पोर्ट, एउटा एचडीएमआई इन तथा हेडफोन पोर्ट रहेका छन्।

यसबाहेक पावरका लागि यसमा ४२ वाट आवर क्षमताको ब्याट्री राखिएको छ भने विन्डोज १० बन्डल गरेर आउनेछ।

मेटबुक डी १५ को मूल्य ७५० पाउन्ड तोकिएको छ भने यो डिभाइस ह्वावेको अनलाइन स्टोरमा खरिदका लागि उपलब्ध छ।

आगामी अगस्ट ८ भित्र खरिद गर्नेहरुलाई ह्वावेले यो डिभाइससँगै एउटा ब्याकप्याक, माउस तथा ब्लूटूथ स्पीकरसमेत उपलब्ध गराउने भएको छ।

TK Viber

प्रकाशित: ३१ असार २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज