जाँदा जाँदै ओलीले भने, ‘डेढ बर्षपछि फेरी चुनाव जितेर आँउछु र प्रधानमन्त्री हुन्छु’


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम सम्बोधन देशवासीका रुपमा गरेका छन् । उनले भने, डेढ बर्ष पछि फेरी चुनाव जितेर हामी आउँछौं । प्रतिपक्षमा बस्ने बढिमा डेढ बर्ष त होला ।

उनले जनताको जनादेशले निर्वाचित प्रधानमन्त्रीलाई अदालतका कारण हट्न परेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै ओलीले जनादेश आफ्नो पक्षमा भएपनि अदालतका कारण देउवाको पक्षमा गएको दाबी गरे ।

‘यो नै अन्तिम विदाइ पनि होइन। जनताको जनादेशले नभइ अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश​ देउवाजीको पक्षमा गयो ।’ उनले एमाले पार्टीका देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई अनुशासन हीनको संज्ञा समेत दिए ।

ओलीले सरकारबाट विदा हुन परेपनि राम्रो काम गरेका कारण चिन्ता नभएको दाबी गरे । आफ्नो नेतृत्वमा जनताले विकास र राहतको महसुस गरेको बताए । ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले जनताले विकास र राहत महसुश गरेका छन्’ उनले भने, ‘त्यसैले मलाई चिन्ता छैन ।’

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज