नेपाल र अमेरिकाबीच लामो सहकार्य छ । –  


काठमाडाैं : अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताउनुभएको छ । अमेरिकाले नेपाललाई प्रदान गरेको को’रोना भाइरbस

वि’रुद्धको खोप नेपाल पुगेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज अमेरिकाले जोन्सन एण्ड

जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ ।”

यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ । अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ ।

को’रोना भाइ’रस वि’रुद्धको लडा’इँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज