चीनले नेपाललाई धेरै भन्दा धेरै खोप दिन्छ । –  


काठमाडौ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपाललाई को’रोनाविरु’द्धको थप खोप दिन तयार रहेको बताएकी छन्।

चिनियाँ राजदूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले उत्पादनमा वृद्धि हुने वित्तिकै नेपाललाई थप खोप उपलब्ध गराउन चीन तयार रहेको बताइन्।

‘चीनबाट १० वटा भ्या’क्सिन निर्माण भएको छ। जसमध्ये २ वटाले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेको छ’, राजदूत होउले भनिन्, ‘खोप निर्माणको क्षमतामा वृद्धि हुने वित्तिकै बढी भन्दा बढी खोप नेपाललाई दिन तयार छौ।’

सो सम्मेलनमा उनले डब्लुएचओले स्वीकृति प्रदान गरेको सा’इनो फर्माको खोप नेपाललाई यसअघि नै सहयोग गरेका छौं। ‘अनुदान सहयोगमा नेपाललाई १८ लाख खोप दिएका छौं।

मैले थाहा पाएसम्म ४० लाख खोप नेपाल आउँदैछ र पहिलो खेप शुक्रबार नेपाल आयो’ उनले भनिन्। सो पत्रकार सम्मेलनमा उनले पहिलो चरण को’रोना महामारीको समयमा चीनलाई अफ्ठ्या’रोमा पारेको बेला नेपालले गरेको सहयोग सहयोगलाई चि’नियाँ जनताले सधै सम्झिएको बताइन्।

पत्रकार सम्मेलनमा चि’नियाँ राजदूतले चीनले विश्वका एक सयभन्दा बढी देशलाई खोप उपलब्ध गराएको बताइन्। त्यस्तै को’रोनावि’रुद्धको अमेरिकी खोप नेपाल आइपुगेको छ । बिहान १० बजे कतार एयरबाट जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका छन् ।जोन्सन एन्ड जोन्सनले निर्माण गरेको सो खोपको एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ ।नेपाललाई प्रदान गरिएको खोपले करिब १५ लाख मानिसलाई पुग्ने बताइएको छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको थियो ।अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले म’हाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।” अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी को-भि’ड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।खोप कुन उमेर वा व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज