एमाले नेता, कार्यकर्ताद्वारा प्रधानन्यायाधीशविरुद्ध नारावाजी – Thulo Khabar


२८ असार, काठमाडौं । नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गरेका छन् ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भयो । त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरे । यद्यपि प्रहरीले विथोलेको छ ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् ।

विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज