अब फिशिङ्ग होइन भिसिंगबाट ह्याकरहरुले तपाईँको डाटा चोर्ने, यस्तो छ भिसिंगबाट बच्ने उपायहरु


अब फिशिङ्ग होइन भिसिंगबाट ह्याकरहरुले तपाईँको डाटा चोर्ने, यस्तो छ भिसिंगबाट बच्ने उपायहरु

तपाईँ हामीले यसअघि फिशिंग र मालवेयरको बारेमा सुन्दै र पढ्दै आएका छौं । तर अब भने त्यसभन्दा पनि एड्भान्स तरिकामा ह्याकरहरुले डाटा चोर्ने गरिरहेका छन् ।

ह्याकरहरुले भ्वाइसमा आधारित रहेर अथवा भीओआईपीमा आधारित रहेर फिशिंग आक्रमण गर्ने गरेका छन् । भ्वाइस र फिशिंगको समिश्रण नै भिसिंग हो ।

जसमा ह्याकरहरुले सोसल इन्जिनियरिङ्गको प्रयोग गरेर टेलिफोन, मोबाइल वा भाइबर ह्वाट्सएप जस्ता च्याटिंग एपमार्फत फोन गरेर तपाईँलाई फसाउन सक्नेछन्। उनीहरुले फोन गरेर हतार भएको, कुनै प्रलोभन देखाउने, डर धम्की दिनेलगायतको माध्यमबाट तपाईँको व्यक्तिगत गोप्य जानकारी माग गर्ने, बैंकका खाताहरु माग गर्ने, पासवर्डलगायत माग गर्ने गर्दछन् ।

यस्ता भिसिंगहरुबाट सचेत रहन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सर्वसाधारणको लागि जनचेतनामुलक सामाग्री प्रकाशित गरेको छ । जसमा भिसिंग भनेको के हो यसमा कसरी आक्रमण हुन्छ र यसबाट बच्ने उपायहरुको बारेमा उल्लेख गरिएको छ।

हेर्नुहोस् प्राधिकरणले जारी गरेको संदेशः-

Cyber-Security-Vishing
TK Viber

प्रकाशित: २८ असार २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज