६ महिनाभित्र कतार प्रवेश गर्ने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने ।


काठमाडौं : घरविदामा नेपाल गइ को’भिड कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् ।

आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्से’प्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो । यो नियम १२ जुलाइबाट कार्यान्व’यनमा आउने बताइएको छ ।

यसअघि कतारले को’रोना महामा’रीको बीचमा फर्किनेले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको थियो । विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिले सोमबारदेखि अनुमति नचाहिने जानकारी दिएका छन् ।

उनले स्थानीय सञ्चार माध्यमालाई जानकारी दिँदै भनेका छन्,‘यदि कतारको वै’धानिक आवासीय अनुमति छ र, उनीहरु कतार बाहिर ६ महिनाभन्दा कम समय बसेको छन् भने ‘एक्सेप्सनद इन्ट्री परमिट’ विना नै कतार प्रवेश गर्न पाउनेछन्।’

त्यस्तै विशेष परिस्थितिले ६ महिना कतार बाहिर बस्नु परेका कारण आवासीय अनुमति (आइडी कार्ड) को म्याद समाप्त भएका पनि आवश्यक प्रक्रिया पूरा गरेर कतार फर्किन पाउनेछन् । त्यस्ता व्यक्तिले कतारको इ–गग’भर्मेन्ट वेबसाइट ‘हुकूमि’ वा ‘मेट्रास’ मार्फत प्रक्रिया पूरा गरी शुल्क तिर्नुपर्नेछ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज