यूएईमा हा’र्टअ’ट्याक भई मृ’त्यु भएका सुशील परियारको परिवारलाई नेस्टो कम्पनीले गर्यो यति ठुलो ।


काठमाडौं : यूएईको नेष्टो ग्रुप अफ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृ’त्यु भएका एक नेपाली कामदारको आश्रित परिवारलाई ४ लाख ११ हजार रुपैयाँ सहयोग पठाएको छ ।

उक्त कम्पनीमा कार्यरत रहेको अवस्थामा हृ’दयघात भई मृ’त्यु भएका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सुशील परियारको आश्रित परिवारलाई दुई पटक गरी ४ लाख ११ हजार रुपैयाँ पठाइदिएको हो ।

परियार १८ महिना अघि नेष्टो ग्रुप अफ कम्पनी अन्तरगतको थ्री स्टार कम्पनीका क्लिनरको काममा गएका थिए ।
राजधानीको गोंगबुस्थित नोकरी नेपाल रिक्रु’टमेन्ट सर्भिस प्रा.लि.को पहलमा यूएईस्थित नेष्टो कम्पनीले उक्त रकम पठाएको हो ।

कम्पनीका सञ्चालक नरेन्द्र प्रसाद ढकालले शुक्रवार कम्पनीको कार्यालयमा मृतककी श्रीमती कमला परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

कम्पनीले शुरुमा एक लाख रुपैयाँ प्रदान गरेकोमा पछिल्लो पटक ३ लाख ११ हजार रुपैयाँ पठाएको थियो । परियारले वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने रकम स्थानीय निकायमार्फत पाइसकेकी छन् ।

सञ्चालक ढकालले यूएईको उक्त कम्पनी कामदारप्रतिको उत्तरदायित्वमा प्रतिव’द्ध रहेको बताए । यसअघि उक्त कम्पनी अन्तरगतको नेष्टो हाईफर मार्केटले विदामा नेपाल आएका बेला मोटरसाइकल दुर्घ’टनामा मृ’त्यु भएका वतनपुर गाउँपालिक वडा न. ३ धनसिङपुर कैलालीका कमल साउदको परिवारलाई पनि एक लाख रुपैयाँ सहयोग पठाएको थियो ।

ठूलो संख्यामा नेपाली कामदार कार्यरत नेष्टोले प्रतिकुल अवस्थामा नेपाली कामदार र उनीहरुका परिवारलाई सहयोग गर्दै आएको सञ्चालक ढकालले जानकारी दिए । श्रेष्ठले यसअघि २०७२ सालको भुक’म्पका पीडि’तका आश्रित परिवारलाई पनि उक्त कम्पनीले राहत पठाएको बताउँदै कामदारको हितलाई उक्त कम्पनीले उच्च महत्व दिने गरेको बताए । -मध्यान्ह डेली बाट

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज