ओपो र भिभोले यसै वर्ष संयुक्तरुपमा ३ ओटा ट्याबलेट लन्च गर्ने


ओपो र भिभोले यसै वर्ष संयुक्तरुपमा ३ ओटा ट्याबलेट लन्च गर्ने

ओपो र भिभो दुई चिनियाँ उत्पादकहरू यस बर्ष ट्याबलेट बजारमा प्रवेश गर्ने भएका छन्। दुबै ब्राण्डले एक आपसमा कम्तिमा तीनओटा ट्याबलेटको घोषणा गर्ने एउटा नयाँ लीकले पत्ता लगाएको छ।

ट्याबलेट बजार गत वर्ष यस महामारीको प्रभावपछि उकालो लाग्यो जसले विद्यार्थीहरूलाई घरमा नै बस्न र अनलाइनमार्फत विद्यालयमा जोड्न बाध्य तुल्यायो। यसैले धेरै परिवारहरूले आफ्ना बच्चाहरूको लागि कम्तिमा एउटा ट्याबलेट किन्नुपरेको थियो।

ट्याबलेट बजार अझै बृद्धि भइरहेको छ र बजारमा अधिक खेलाडीहरूले आफ्नो पहिलो मोडेलहरू लन्च गर्दैछन् जसले ट्याबलेट बजारको शेयर पनि कब्जा गर्न सक्नेछन्।

डिजिटल च्याट स्टेशन नामक लीकरले हालै सोशल मिडियामा दिएको जानकारीका अनुसार, भिभोको दुईवटा ट्याबलेटको विकासक्रममा छ, जबकि यसको साथी बीबीकेको स्वामित्वमा रहेको अर्को कम्पनी ओपोसँग एउटा ट्याबलेट मोडल रहेको गीज्मोचाइनाले जनाएको छ।

रिपोर्टकाअनुसार दुबै उत्पादकहरूले ट्याबलेटको लागि डिजाइन गरिएको उनीहरूको अपरेटिङ्ग प्रणाली (एन्ड्रोइड स्किन) को कस्टमाइज संस्करण लन्चिङ्ग गर्ने अपेक्षा गर्दछन्। भिभोका ट्याबलेटहरूको लागि ओरिजिनओएस आउने र ओपोको ट्याबलेट कलरओएसमा सञ्चालन हुनेछ ।

अर्कोतर्फ रियलमीले पनि यस वर्ष आफ्नो ट्याब्लेट लन्च गर्ने अपेक्षा गरिएको छ जुन रियलमी प्याडको रूपमा आइपुग्नेछ र वनप्लसले “वनप्लस प्याड” को लागी ट्रेडमार्क आवेदन दर्ता गरेको छ।

दुबै कम्पनीहरू ओपोको अधिनमा छन्, त्यसैले ओपोले यस बर्ष मात्र एउटा ट्याबलेट लन्च गर्न लागेको बुझ्न सकिन्छ। वनप्लसको आफ्नै ट्याबलेट पनि चीनमा कलरओरएसमा चल्नेछ, त्यसैले यसलाई ओपोको दोस्रो ट्याबलेट  भन्न सकिनेछ।

TK Viber

प्रकाशित: २७ असार २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज