एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरु, सहमतिको मस्यौदामा हस्ताक्षर


काठमाडौं, असार २६ –

नेकपा एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।

कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
माधव नेपाल पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवासमा छलफलमा जुटेकाले डेढ घण्टा ढिला बैठक शुरु भएको हो । यसअघि वार्ता टोलीले जुटाएको सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी रहेको छ ।

वार्ता टोली सदस्य गोकर्ण विष्टले आजै सहमतिको सुखद खबर आउने प्रतिक्रिया दिए । वार्ता टोलीले यसअघिनै ९ बुँदे मस्यौदामा सहमति जुटाइसकेको छ । सहमति १० बुँदे हुन पनि सक्ने एक सदस्यले बताए ।

माधव नेपालले दोस्रो अध्यक्ष मागेका छन् । तर कार्यदलको क्षेत्राधिकारमा त्यो नरहेकाले सहमति जटिल बनेको बताइएको छ । यो विषय केपी ओली र माधव नेपालबीच छलफल हुनुपर्ने बताइएको छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज