अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घ’टना पछि बेपत्ता ।(नामावली सहित)


काठमाडौं : क्यारे’बियन सागरमा डुंगा दुर्घट’ना हुँदा सात नेपाली बे’पत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अवैद्य ढंगले समुन्द्रको बाटो हुँदै अमेरिका हिँडेका नेपाली र

विदेशीहरु सवार डुंगा झण्डै तीन साता अघि कोलम्बियाको क्यारेबियन सागरमा दुर्घ’टना भएको थियो। दु’र्घटनापछि उ’द्धारमा खटिएको कोलम्बियाको कोभे’नास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए।

तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उ’द्धार भएको छ। अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन्। स्टेसनले जनाएअनुसार घ’टना १९ जुन (असार ५) मा भएको हो।
उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम

डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उ’द्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए। उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अ’वैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टा’रिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ।

कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले जनही करिब ३० लाख आसपासमा एजेन्टलाई पैसा बुझाएको देखिन्छ।
दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृ’त्यु भएका भनिएकाको श’व कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्याएको हो भन्नेबारे भने कुनै सूचना सार्वजनिक भएको छैन।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज