१५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको ज्या’न गयो ।


सप्तरी : सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ । सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्या’न गएको हो ।

१५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उप’चारको क्रममा मलेसियाको एक अस्पतालमा ज्या’न गएको परिवारले जनाएको छ ।

कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्या’न गएको परिवारले आ’रोप लगाएका छन् । मृ’तकको श’व यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २ छोरा र एक छोरी रहेका छन् ।

मलेसियाले गैर कानुनी श्रमिकलाई घर फर्कन दिएको समय थप्यो !

काठमाण्डौ : मलेसियामा गैर कानुनी रूपमा काम गरिरहेका नेपालीहरूलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसियाले गैर कानुनी श्रमिकहरूका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय ३१ डिसेम्बर २०२१ सम्मका लागि थप भएको हो ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थपिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मलेसियामा धेरै सङ्ख्यामा नेपालीहरूले गैर कानुनी रूपमा काम गरिरहेका छन् । यो कार्यक्रमका बारेमा थप जानकारीका लागि मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । दूतावासमा ६०३२०२०१८९८ नम्बरमा फोन गर्न सकिन्छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज