मोरङमा आफ्नै दाइको हत्या गरेको आरोपमा युवक पक्राउ – Thulo Khabar


२६ असार, काठमाडौं । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ । त्यसकै केही समयपछि राति साढे ११ बजे ने साजनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज