१२ जुलाई बाट कतारमा नयाँ नियम लागु हुँदै, नेपालमा खो’प लगाएको व्यक्ति कतार जान पाउने कि नपाउने ?


दोहा, कतार : कतारले क्वारे’न्टाइन सम्बन्धि नयाँ नियम लागु गरेकोे छ । कतारमा आगामी सोमबार अर्थात् १२ जुलाई २०२१ बाट लागु हुने गरी क्वारेन्टा’इन सम्बन्धि नयाँ नियम लगाइएको हो ।

नयाँ नियम अनुसार कतारमा को’भिड वि’रुद्धको भ्या’क्सिनको दुबै डोज लगाइसकेका सबैले कतार आउँदा होटेल वा होम क्वारे’न्टाइन बस्नु पर्ने छैन । त्यसैगरी कतारमा मान्यता प्राप्त फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका नेपालमा लगाएको भएपनि क्वारेन्टाइन बस्नुपर्ने छैन।

पछिल्लो ९ महिनाको अन्तरालमा कसैलाई को’रोना सं’क्रमण भएको तर उसले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि होटेल क्वा’रेन्टाइन बस्नु नपर्ने भएको छ । सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजना सँगै यात्रा गर्दैछ र अभिभावकले कतारमा मान्य भ्या’क्सिनको दुवै डोज लगाइसकेको भए बच्चा पनि भ्या’क्सिनेट मानिने छ ।

तर कतारमा मान्यता प्राप्त नभएको सिनोफर्म, भेरोसेल, कोभिसिल्डआदि लगाइसकेको भए १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्ने नियममा बताइएको छ । नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सुची राखेको छ ।

साथै अन्य ग्रीन जोनमा भएको मुलुकबाट कतार प्रवेश गर्न चाहेमा सोही मुलुकमा १० दिन होटेल क्वारेन्टाइन बसेर आएको प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति दिइने नयाँ व्यवस्था गरिएको छ। रेड जोनको सुचीमा रहेका मुलुकहरुबाट कतार आएपछि क्वारेन्टाइन बस्नु नपर्ने भएपनि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने पि सि आर टेष्ट भने गर्नुपर्नेछ ।

तर ग्रिन र एल्लो जोनको सुचीमा रहेका देशहरूबाट जानेहरुको भने एयरपोर्टमा पि सि आर गर्नु पर्ने छैन । नेपालबाट कतार आउँदा १२ घण्टा अगाडि www.ehteraz.com.qa मा आफ्नो यात्रा विवरण अनिवार्य रजिस्टर गर्नुपर्ने छ । कतारको निम्ति भिजिट भिषा, फेमिली भिषा र बिजनेश भिषा पनि खुल्ला गरिने जनाइएको छ ।

क्वारे’न्टाइन बस्नबाट बच्न सबै भिषा वाहकले कतारमा मान्यता भ्याक्सिनको दुबै डोज लिनु बुद्धिमानी हुने कतार विज्ञ एवं राष्ट्रिय मानव अधिकार समिति कतारमा कार्यरत प्रो। रमजान अली मियाँले बताए । कतारमा अमान्य भ्या’क्सिनको एक अथवा दुवै डोज लगाएको र भ्या’क्सिन लगाएको १४ दिन नबितेको अवस्थामा पनि कतारमा क्वारेन्टाइन बस्नुपर्ने छ ।

कतारमा मान्यताप्राप्त खोप नलगाएको भए ग्रीन जोनबाट ५ दिन एल्लो जोनबाट ७ दिन, रेड जोनबाट गएको भए १० दिन होटेल क्वारे’न्टाइन बस्नु पर्नेछ। भ्या’क्सिन नलगाई कतार जाने ४ बर्ष देखि १७ वर्ष सम्मकाहरुले आफ्नो भ्या’क्सिनेटेट अभिभावक मध्ये १ जना संगै होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

ग’र्भवती महिला, स्त’नपान गराइ रहेकी आमा, ७५ वर्ष वा सोभन्दा बढी उमेरका भ्याक्सि’न लगाएको १४ दिन नभएका मानिसहरुले भने ५ दिन होम क्वारेन्टा’इन बस्नु पर्नेछ।
त्यस्ता व्यक्ति येलो जोनको सुचीमा भएको देशबाट कतार प्रवेश गरेमा ७ दिन होटल क्वारे’न्टाइन बस्नु पर्नेछ।

रेड जोनको सुचीमा भएको देशबाट कतार आएको भए पनि १० दिन नै होटेल क्वा’रेन्टाइन बस्नु पर्नेछ। कतार प्रवेश गर्दा सबै यात्रुले ७२ घण्टा अगाडिको आर टी पि सि आर भने सबैको लागि अनिवार्य नै रहेको प्रो। मियाँले मध्यान्ह दैनिकलाई जानकारी दिए। तिलु शर्मा पौडेल/ मध्यान्ह

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज