वैदेशिक रोजगार नगुमोस् भनेर चीनबाट ल्याइएको खोप दिएर श्रमिकलाई विदेश पठाइने !


काठमाडौं : वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोजगारीमा जान चाहनेलाई चीनबाट ल्याइएको कोभिडविरुद्धको खोप दिएर पठाउन लागिएको छ ।

रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरेपछि जान चाहेका कामदारलाई प्राथमिकिकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट खरिद गरी ल्याएको खोप वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ । यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खोप दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउदा भिसा र पासपोर्टको आधारमा खोप लगाइने मन्त्रालयले जनाएको छ । रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खोप लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोजगारमा जान चाहनेलाई खोप लगाउने भइएको हो ।

हाल खोप लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ । तर, अबको खोप कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज