कावासोतीमा कलभर्ट बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध – Thulo Khabar


२५ असार, चितवन । नवलपुरको कावासोतीमा बाढीले पुर्याएको क्षतिका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।

डिभिजन वन कार्यालय कावासोती अगाडिको कलभर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । आजैबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए ।

बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् । राजमार्गमा क्षति पुगेका स्थानबाट मोटरसाइकलसमेत चलाउन रोक लगाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तर यो घुमाउरो बाटोमा पनि ठूला र लोड गाडीहरु चल्न नसक्ने डिएसपी गिरी बताउँछन् ।

यसैबीच विनय त्रिवेणी खोलाको भंगालोमा परेर बिहीबार अड्किएका केही व्यक्तिहरुलाई प्रहरीले उद्धार गरेको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज