चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु, १०० संक्रमित थपिए


चितवन, असार २४-

चितवनका विभिन्न अस्पतालमा आज एकैदिन कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मृतकहरु मध्ये तीन जना चितवन जिल्लाका र अन्य दुई जना चितवन बाहिर अन्य जिल्लाका हुन् । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

चितवनका विभिन्न अस्पतालहरुमा २१३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६९ जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४० जना र जेनरल बेडमा १०४ जना रहेका छन् । विगत २४ घण्टामा ३६ जना कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै चितवनमा आज १०० जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ७१ जना, खैरहनीमा ४ जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ११ जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ३ जना र इच्छाकामनामा १ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३१७ जना र आजसम्म मृत्यु हुनेको संख्या २९१ जना पुगेको छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज