सामसङद्वारा ठूलो ब्याट्री र आकर्षक मूल्यमा ग्यालेक्सी एफ२२ सार्वजनिक


सामसङद्वारा ठूलो ब्याट्री र आकर्षक मूल्यमा ग्यालेक्सी एफ२२ सार्वजनिक

सामसङले ग्यालेक्सी एफ२२ भारतमा आकर्षक मूल्यमा सार्वजनिक गरेको छ। यो यसअघि नै बजारमा आइसकेको ए२२ मोबाइलको एसियाली बजारका लागि रिब्रान्ड गरिएको सेट हो। यसम दुई वा तीन ओटा मेमोरी भेरियन्ट दिइएको छ।

यो डिभाइसमा मिडियाटेकको हिलियो जी८० चिपसेट दिइएको छ भने पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेट अप उपलब्ध छ। साथै सेल्फीका लागि १३ मेगापिक्सेलको शूटर रहेको यसमा सामसङको विशेषताका रुपमा रहेको सुपर एमोलेड डिस्प्ले दिइएको छ। एचडी+ डिस्प्लेको साइज ६.४ इन्चको छ भने यसको रिफ्रेश रेट ९० हर्ज रहेको छ।

फिंगरप्रिन्ट सेन्सर साइडको भोल्युम रकरमा राखिएको यो स्मार्टफोनमा पावरका लागि विशाल ६००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुने यो डिभाइसको मूल्य फ्लिपकार्टले क्रमश: १७० र १९५ डलर तोकेको छ भने भारतमा आगामी जुलाइ १३ देखि खरिदका लागि उपलब्ध हुने बताइएको छ।

TK Viber

प्रकाशित: २३ असार २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज