प्रचण्ड पत्नि सिताको आज जन्मदिन, छोरी गंगाले लेखिन् बिरामी आमालाई स्वास्थ्यलाभको कामना गर्दै यस्तो स्टाटस


काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सिता दाहालको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा सितालाई आफन्त, शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताले शुभकामना दिइरहेका छन् ।

जन्मदिनको अवसरमा सिताकी कान्छी छोरी गंगाले आमाको स्वास्थ्यलाभ तथा दिर्घायूको कामना गर्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् ।
सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित सितालाई काठमाडौँको मेडिसिटी अस्पताल, भारतको राजधानी नयाँ दिल्ली, थाइल्यान्डको बैंककसहितका स्थानमा उपचार गरिएको थियो ।

प्रचण्ड परिवारले सीतालाई म्याग्दीको तातोपानीमा पनि लगेर प्राकृतिक उपचार गरेको थियो । तर पनि उनको स्वास्थ्यमा राम्रो सुधार भने आउँदै छाड्दै गरेको छ । एक मात्र छोरा प्रकाश दाहालको निधन भएपछि सिताको अवस्था बिग्रिदै गएको हो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज