स्पेस पर्स्पेक्टिभ नामक नयाँ अन्तरिक्ष संस्थाले सस्तोमा अन्तरिक्ष यात्रा गराउने


स्पेस पर्स्पेक्टिभ नामक नयाँ अन्तरिक्ष संस्थाले सस्तोमा अन्तरिक्ष यात्रा गराउने

स्पेस पर्स्पेक्टिभ नामक नयाँ अन्तरिक्ष संस्थाले विशाल अन्तरिक्ष बेलूनमा एक पटकमा ८ जना यात्रुलाई पृथ्वीबाट ३०.६ किलोमिटर माथिसम्म यात्रा गराउने भएको छ।

यसका लागि प्रतिव्यक्ति १ लाख २५ हजार डलर तोकिएको छ। यो यात्रामा सिट सुरक्षित गर्न आगामी बुधबार अर्थात् जसन २३ देखि शुरु हुनेछ। यसको तीनवटा ट्रिप भने प्रि-सेल मार्फत बुक भइसकेको र आगामी २०२४ मा उडान हुने बताइएको छ।

संस्थाका सह-संस्थापकहरु टेबर म्याक्कलम र जे पोएन्टरले केही दिन अघि सन् १९९० को दशकमा अन्तरिक्षमा मानव सन्सारको सम्भावना अध्ययन गर्न गरिएको असफल यात्रा बायोस्फियरको दोस्रो संस्करणमा भेट भएका थिए।

यी दुई जनाले एरिजोना मरुभूमीमा अन्य ६ जनासहित २ वर्ष बसेर मंगल ग्रहमा बस्ती बसाउने कुराको अभ्यास गरे। त्यसपछि उनीहरु दुवैले इलन मस्कको मानवीय अन्तरिक्ष यात्राको प्राविधिक सल्लाहकारका रुपमा काम गरे।

उनीहरुले अन्तरिक्ष यात्राका लागि आवश्यक सपोर्ट सिस्टम उपलब्ध गराउने प्रविधि कम्पनी खोलेर सन् २०१४ मा गुगलका इन्जिनियर एलन युस्टेसलाई सबैभन्दा लामो दूरी अर्थात् २५.७ मिटरसम्म बेलुन यात्रा गर्न रेकर्ड बनाउनमा सहयोग पुर्याए।

उनीहरुको अन्तरिक्ष यान नेप्च्युन वन २०१३ को अन्त्यतिर बनिसकेपछि यसलाई एउटा नयाँ अन्तरिक्ष पर्यटन उद्योगमा प्रयोग गरिनेछ। जेफ बेजोसको ब्लू ओरिजिन र अर्को एउटा भर्जिन ग्यालेक्टिकले पनि अन्तरिक्षमा उडान गर्दैछन्।

स्पेश पर्स्पेक्टिभ धेरै मामलामा अन्य प्रतिस्पर्धी भन्दा फरक रहेको र यो अन्तरिक्षसम्म नपुग्ने बताइएको छ। यो सुरक्षित छ भने यात्रुले कुनै तालिम लिइराख्नु पर्दैन। पोइन्टरका अनुसार सामान्य हवाइजहाजमा यात्रा गरे जस्तै अनुभव हुन्छ।

TK Viber

प्रकाशित: २१ असार २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज