आज नायिका स्वस्तिमा खड्काको जन्मदिन, कति वर्षमा लागिन् ?


काठमाडौ / आज चर्चित नायिका स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । १९९५ जुलाई ४ मा काठमाडौंमा उनको जन्मेकी स्वस्तिमा आजबाट २७ वर्षमा लागेकी छिन् । स्वस्तिमाले यसै आभारमा आफ्नो २७ औं जन्मदिन आफन्त साथिभाईका मनाउने तयारी गरेकी छिन् ।

होस्टल रिर्टन्स, बुलबुल, छक्का पञ्जा, २ रुपैयाँ, लगायतका चर्चित र सफल फिल्ममा काम गरेकी यि सुन्दरी म्यूजिक भिडियोमा पनि सर्वाधिक खोजीकी सुन्दरी हुन् । करिब १ दर्जन फिल्म र सयौँ म्यूजिक भिडियोमा नायिकाको भूमिका निभाइसकेकी खड्काले चर्चित निर्देशक निश्चल बस्नेतसँग सन् २०१६ मा विवाह गरेकी हुन् ।

थापाथली क्याम्पसबाट इन्जिनियरिङ अध्ययन गरेकी उनले आफ्ना इन्जिनियर बन्ने सपनाहरु पछाडि धकेलेर चलचित्रमा आफुलाई स्थापित बनाउन सफल सुन्दरी हुन् । जन्मदिनको अवसरमा नायिका खड्कालाई हाम्रो पनि शुभकामना ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज