वरिष्ठ अधिवक्ता न्यौपाने – Thulo Khabar


२० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सरकार गठन हुने बाटो अवरुद्ध पारेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गर्दै उनले ओलीले मार्गप्रशस्त गर्छु भन्दै झन् सरकार गठनको मार्ग अवरुद्ध पारेको बताए ।

‘७६(३) को प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त भनेर मार्ग अवरुद्ध गर्नुभयो । उहाँले मार्ग अjरुद्ध गर्ने होइन नि,’ उनले भने । धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको बाटो अवरुद्ध गर्न मात्र ओलीले पनि दाबी गरेको उनको जिकिर छ ।

प्रधानन्यायाधीश जबराले गत पुस ५ गतेको संसद विघटनसम्बन्धी मुद्दाको फैसला गर्दा सरकार गठनको सम्भावना हुँदासम्म प्रतिनिधि सभा विघटन नहुने व्याख्या भएको भन्दै अहिले सरकार गठन हुनसक्ने सम्भावना छ कि छैन भनी प्रश्न गरे । उनले नेकपा एमालेका सांसदले साथ नदिई सरकार बन्न सक्ने अवस्था छ कि छैन भनी प्रश्न गरे ।

जवाफमा न्यौपानेले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवले गरेको दाबी वैधानिक भएको बताए । ‘विगतमा जति पनि फैसला भएका छन् वैकल्पिक सरकार गठन भएसम्म विघटन हुँदैन भन्ने त्यसमा ठ्याक्कै मिल्छ यो ?’ उनले भने ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज