टिभीमा ‘महादेव’ बनेका रैनाले पनि सुशान्तजस्तै निर्णय लिँदैछन् भन्ने खबरले बलिउडमा हलचल


एजेन्सी । बलिउडमा नातावादको निकै चर्को वहस सुरु भएको छ । अहिले अर्का कलाकार पनि शुसान्त राजपुत जस्तै आफ्नो जिवन समाप्त पार्न खोजेको घटना सार्वजनिक भएपछि बलिउडमा हलचल भएको छ । टिभी जगतका चर्चित अभिनेता मोहित रैनाका बारेमा यस्तो समाचार वाहिरिएपछि हलचल भएको हो ।

आफ्नो वारेमा यस्तो समाचार सार्वजनिक भएपछि अभिनेता रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् ।

वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल मिडियामा केही पोष्ट सार्वजनिक भएका थिए जसमा सुशान्त सिंह राजपूतको झैं यी अभिनेता पनि समस्यामा परेको र यिनी अब नरहन सक्ने भन्दै दाबी गरिएको थियो । नायिका सारा शर्माले ‘देवों के देव महादेव’ सिरियलका अभिनेताको विषयमा एउटा पोस्ट सेयर गरेकी थिइन् जसमा उनले आफूलाई मोहित रैनाकी शुभचिन्तक बताउँदै सोसल मिडियामा ‘मोहित बचाओ’ अभियानको सुरुवात गरेकी थिइन् ।

नायिकाले आफ्नो पोस्टमा मोहित रैनाको स्थिति दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको जस्तै भइसकेको भन्दै उनलाई बचाउन अपिल गरेपछि त्यो सूचनाले हलचल पैदा भयो । नायीकाले रैनाले कुनै पनि बेला आफ्नो ज्यान लिनसक्ने दाबी गरेकी थिइन् । यो पोस्टमा मोहित रैना र उनको परिवारले स्पष्टिकरण दिँदै यो सबै बकवास हो भनेका थिए ।

तर अभिनेताको विषयमा यस्ता पोस्टको सिलसिला जारी रह्यो । अब अभिनेताले यो विषयमा नायिका सारा शमाएसपहत चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् ।मोहितले सारा शर्मासहित आशिव शर्मा, परविन शर्मा र मिथिलेश तिवारीविरुद्ध मुम्बईको प्रहरी स्टेशनमा आइतबार ऊजुरी दर्ता गरेका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज